माघ १६, दैलेख
दैलेखको महावु गाउँपालिका वडा ६ लामिडाँडामा बुधवार साझ चट्याङ लागरे एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन । चट्याङ लागेर घाईते भएकी ३३ बर्षिया निर्मला कामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमो मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक नैन बहादुर सावदले जानकारी दिए । उनले चट्याङ लागेर घाईते भएका महावु गाउँपालिका वडा ६ का बर्ष ३० को मनिसा बिक,वर्ष २९ को झुपा बिक,बर्ष २७ को कोपिला बिक बर्ष २१ को नवराज कार्की घाईते भएको जानकारी दिए । घाईतेहरुको समान्य उपचार पछि घर फर्काइएको र मृतकको शव पोष्ट म्यार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउदै गरेको बताए ।









